सूचनाको शक्ति - The Power Of Information

        

काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित

नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमाजारी काभा पुरुष भलिबल नेसन्स लिगमा इरानसँग पराजित भएको छ ।

यो सँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको हो ।

नेपाल बलियो इरानसँग १६–२५, २२–२५, २२–२५ को सोझो सेटमा पराजित भएको हो ।

नेपाल यसअघि मंगोलिया र घरेलु टोली किर्गिस्तानसँग समान ३–१ को सेटमा पराजित भएको थियो ।

नेपालले बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली र आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १९:२७