लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा आधा मात्र बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्ससम्ममा प्रदेश सरकारले ५०.२७ प्रतिशत मात्र बजेट खर्च गरेको हो ।
शत प्रतिशत बजेट खर्च गर्नका लागि प्रदेश सरकारले एक महिनामा करिब ५० प्रतिशत बजेट खर्च गनुपर्ने देखिन्छ ।
यस्तो अवस्थामा शत प्रतिशत बजेट खर्च हुन सक्ने अवस्था रहेको छैन् । संघीय सरकारले पटक पटक बजेट समयमा नै खर्च गर्न आग्रह गरे पनि त्यसको व्यावहारीक रुपमा कार्यान्वयन हुन सकेको छैन् ।
प्रदेश लेखा नियन्त्रण कार्यालयले वेवसाइडमा राखेको प्रतिवेदनमा जेठ मसान्तसम्म ५०.२७ प्रतिशत खर्च भएको उल्लेख गरेको छ ।
सत्यपाटी संवाददाता । बाँके