सूचनाको शक्ति - The Power Of Information

        

पानी परेपछि आजदेखि तुलसीपुरका विद्यालय खुले

दाङको तुलसीपुर उपमहानगरपालिकाले पानी परेपछि विद्यालय खोल्ने निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण बन्द भएका विद्यालय हिजाे (साेमवार) पानी परेपछि आज (मङ्गलवार) देखि खुलेका छन् ।

गर्मीले बन्द भएका विद्यालय आजदेखि खुलेका तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो ।

तुलसीपुरमा गर्मीका कारण भाेलि (बुधवार) सम्मका लागि विद्यालय बन्द गरिएको थियो । तर हिजाे पानी परेपछि आजदेखि विद्यालय नियमितरूपमा सञ्चालनमा आउने उपमहानगरले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार ०७:३९