सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोसी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा देशको बाँकी भू–भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार ०६:४४