बाँकेको राप्तीसोनारी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित भएको छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले उक्त घोषणा गरेका हुन् ।
पालिकामा १५ महिनाभित्रका ७ जना शून्य डोज र ७९ जना ड्रपआउट, १६ महिनादेखि ५९ महिनाकाका १ सय ८९ शून्य डोज र एक हजार दुई सय २२ जना ड्रपआउटलाई समेटिएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
पालिका अध्यक्ष पौडेलले खोपबाट कुनै पनि बालबालिकालाई छुट्न नदिइने बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठलगायतको उपस्थिति थियो । योसंगै बांकेका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन् ।
सत्यपाटी संवाददाता । बाँके