सूचनाको शक्ति - The Power Of Information

        

रेडक्रस बाँकेद्वारा बागेश्वरी मन्दिरमा सरसफाई

Untitled design - 1

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ५६औं शाखा स्थापना दिवस मनाइएको छ । दिवसका अवसरमा शक्तिपीठ माता बागेश्वरी मन्दिर परिसर क्षेत्र महाआरती स्थलको सरसफाई गरी आइतवार दिवस मनाइएको हो ।

दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रेडक्रस बाँकेका संस्थापकहरुलाई सम्झदै मानवीय सेवा दिनप्रति दिन व्यापक हुँदै गएको बताए । उनले बागेश्वरी मन्दिर क्षेत्रको नियमित सरसफाई गरी वातावरण स्वच्छ बनाउन ध्यानाकर्षण गराए ।

कार्यक्रममा जिल्ला र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारी र नेपालगञ्ज उपमहानगरपालिका–२ का वडाध्यक्ष मनोज श्रेष्ठ, पूर्व वडाध्यक्ष सुनिल सिंह हमाल, सरसफाईकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०८०, आइतवार १९:१०