सूचनाको शक्ति - The Power Of Information

        

पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता

 शनिबार राति अविरल वर्षासँगै आएको बाढीमा परेर पाँचथरमा पाँच जना बेपत्ता भएका छन् ।

हेवा जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ– ७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम– ४ माझीटारका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना बेपत्ता भएका हुन् ।

वर्षाले मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका– ४ र हिलिहाङ गाँउपालिका– ७ जोड्ने हेवा खोला पुल बगाएको छ । पुल बगाएपछि मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताउनुभयो ।

तमोर कोरिडोरको बेलीब्रिज बगाएको छ भने याङवरक गाउँपालिका ३ र २ मा घरहरू बगाएको स्थानीयले बताएका छन् । यस्तै,फालेलुङ गाउँपालिका वडा न. ३ मच्छेबुङमा मोटरेवल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतवार ०८:०७