सूचनाको शक्ति - The Power Of Information

        

कस्तो लाग्यो गौरब र नम्रताको `नम्बरी सुन´को टिजर ? (भिडियो)

फिल्म `नम्बरी सुन´ को टिजर रिलिज गरिएको छ ।

आगामी भाद्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिम टिजर गत शुक्रबार सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा गौरव नम्रताको प्रेम सम्बन्धमा आउने उतार चढावलाई मुख्य स्थान दिइएको छ ।

फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ ।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा कलाकार अभिनेता राजराम पौडेल, किरण नेपाली ,राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतवार ०८:०२