सूचनाको शक्ति - The Power Of Information

        

रोटी र भात सँगै खाँदा होसियार !

कतिपय मानिस रोटीसँग चामल यानिकी भात खान मन पराउँछन् । तर चामल र रोटी सँगै खाँदा शरीरमा केही नोक्सानहरु पनि हुन सक्छन् । जानौं ति हानीहरुका के–के हुन् ?

  • रोटी र भातमा कार्बोहाइड्रेट र क्यालोरी भरपूर मात्रामा पाइन्छ । त्यसैले रोटी र चामलको सेवन एकसाथ गर्नाले शरीरमा तौल बढ्न सक्छ ।
  • रोटी र भातलाई एकैसाथ खाँदा शरीरमा ग्लूकोजको मात्रा बढ्न सक्छ । त्यसैले मधुमेह भएकाहरुले रोटी र भात सँगै खानबाट बच्नु पर्दछ ।
  • पाचनसँग जोडिएका समस्याबाट बच्न चाहनुहुन्छ भने रोटी र भातको सेवन एकसाथ नगर्नुहोस् । भात र रोटीको सेवन एकसाथ गर्दा अपच तथा पेट दुख्ने सम्भावना हुन्छ ।
  • रोटी र भातको मात्र सेवन गर्नाले शरीरमा पोषक तत्वहरुको कमी हुन सक्छ । त्यसैले तरकारी तथा दालसँग रोटी वा भात मात्र सेवन गर्नु पर्दछ ।
  • रातमा राम्रो निद्रा लिन चाहनुहुन्छ भने साँझको खानामा चामल र रोटीलाई एकसाथ नखानुहोस् । रोटी र भात एकसाथ खानाले पाचनमा समस्या आउन सक्छ जसले गर्दा निद्रामा पनि असर पर्दछ ।
  • भात र रोटीको मिश्रणले शरीरमा क्यालोरी पनि बढ्न सक्छ । यी दुबै खानामा क्यालोरी भरपूर मात्रामा हुन्छ । त्यसैले यसको साथमा सेवन गर्नु स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार ०९:५५