महिलाले हप्तामा कतिपटक कपाल धुनु पर्दछ ? यो एउटा यस्तो प्रश्न हो जसले महिलालाई समस्यामा पार्ने गर्छ । कतिपय महिला दैनिक कपाल धुने गर्दछन् भने कतिपयले दुई वा तीन पटक मात्र ।
यस्तो अवस्थामा के सही के गलत भनेर प्राय महिला द्विविधामा पर्दछन् । यही समस्या सम्बोधन गर्नका लागि आज हामी विभिन्न विशेषज्ञको विचारलाई यहाँ प्रस्तुत गर्न गइरहेका छौं । छाला तथा कपाल सम्बन्धी विशेषज्ञका अनुसार दैनिक कपाल धुनुहुँदैन ।
किनकी यसरी दैनिक धुनुहुन्छ भने कपाल तथा स्काल्पमा ड्राइनेस बढ्न सक्छ । कपाल धुनका लागि हामीले जुन स्याम्पु प्रयोग गर्छौं त्यसमा हानिकारक केमिकल्स हुन्छन् । दैनिक स्याम्पु गर्नुको अर्थ हो आफ्नो स्काल्प तथा कपालमा दैनिक हानिकारक केमिकल लगाउनु ।
साथमा यसले स्काल्पलाई रुखो पनि बनाउँछ । जब कसैको कपाल एकदमै चिल्लो वा दैनिक फोहोर हुन्छ त्यस्तो अवस्थमा मात्रै धुने आवस्यकता हुन्छ । आम रुपमा स्काल्पमा प्राकृतिक तेल (सीबम) रिलीज हुन कम्तीमा दुई दिनको समय लाग्छ जसले गर्दा स्काल्प फोहोर हुन्छ ।
दुई दिन पछि हामीलाई उक्त फोहोर सफा गर्नु आवश्यक हुन्छ । यदि तपाईं दैनिक कपाल धुनुहुन्छ भने यसले स्काल्प अत्यधिक सुख्खा हुन्छ र कपालसँग जोडिएका अन्य समस्या पनि निम्तिन सक्छन् ।
दैनिक कपाल धुँदा आउने समस्या
- दुई मुख भएको कपाल आउने सम्भावना हुन्छ ।
- कपाल रुखो र जर्जर हुँदै जान्छ ।
- स्काल्पमा सुख्खापन, चायाँ तथा अन्य चिलाउने जस्तो समस्या हुन्छ ।
- कपाल ड्यामेज हुन थाल्छ ।
- कपाल झर्ने समस्या पनि हुन सक्छ ।
ध्यान दिनुपर्ने कुरा
यदि कपाल एकदमै चिल्लो हुन्छ वा अत्यधिक शारीरिक क्रियाकलाप गर्नुपर्छ जसबाट धेरै पसिना आउँछ र फोहोर हुन्छ । यस्तो स्थितिमा तपाईंले दैनिक कपाल धुनुपर्ने पनि हुन सक्छ । तर यस्तो अवस्थामा पनि कपालमा तेल लगाउन बिर्सनुहुँदैन ।
यसबाहेक एकदमै सुख्खा स्काल्प हुने व्यक्तिले हप्तामा एक वा दुईपटक मात्र कपाल धुनुपर्छ । किनकी धेरै कपाल धुनाले समस्या अझै बढ्न सक्छ । तर कसैको कपाल सामान्य खालको छ भने उनीहरुले हप्तामा तीन पटकसम्म धुन सक्छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं