नेपालगन्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया नौ हजार घुससहित पक्राउ परेका छन् ।
शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।
कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले दिएको जानकारी अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
सत्यपाटी संवाददाता । बाँके