सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० असार २ गते शनिवारको राशिफल

२०८० असार २ गते शनिवार, १७ जुन २०२३ । आषाढ कृष्णपक्ष चतुर्दशी तिथि, ८ः४४ बजेपछि औंसी । रोहिणी नक्षत्र, १६ः२७ बजेपछि मृगशिरा । चन्द्रराशि– वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ । आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला । समयको प्रतिकूलताले काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ । मुस्किलले काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ । नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ । सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । पछिका लागि लगानी गर्न सकिनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । व्यापार बढ्नेछ । कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । नियमित कामलाई निरन्तरता दिन सकिनेछ । जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ । कामका लागि निकै दौडधुप गर्नुपर्ला । स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

समय लागे पनि काम बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् । व्यापारमा आम्दानी बढाउन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ । सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ । व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ । अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ । गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ । समयको सदुपयोग गर्न नसकिएला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

फाइदा मात्र हेर्दा आलोचित भइनेछ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । तर दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ । हतारको निर्णयले हानि हुन सक्छ, आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । आफन्तमा मतभेद देखिए पनि परिवारजनको सहयोगले काम बन्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

हिम्मत गर्दा काम बन्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार ०६:१५