सूचनाको शक्ति - The Power Of Information

        

नेपाल बैंकमा जागिर खाने हो ? स्थायी पदपूर्तिका लागि खुल्यो विज्ञापन

नेपाल बैंक लिमिटेडले स्थायी कर्मचारीको माग गरी विज्ञापन प्रकाशित गरेको छ ।

बैंकले रिक्त पदपूर्तिका लागि छैटौँदेखि चौथो तहसम्मका पदका लागि दरखास्त आव्हान गरेको हो ।

उक्त विज्ञापनमा बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने उल्लेख गरेको छ ।

योग्य नेपाली नागरिकले असार १ (आज) देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ०८:२८