‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिएको कदममा कलाकार दिपकराज गिरीले समर्थन जनाएका छन् ।
मेयर साहले सीतालाई भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरेपछि सो शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकामा चलचित्र चलाउन नदिने भन्दै गरेको घोषणामा गिरीले समर्थन जनाएका हुन् ।
‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो विरूद्धको आवाज सही हो, सच्याउनु पर्छ,’ गिरीले समर्थन जनाउँदै भनेका छन् । मेयर साहले ‘जानकी भारतीय छोरी हुन्’ भनेर उल्लेख गरेको भन्दै आपत्ति जनाएका थिए । मेयरको शाहको यो कदमलाई धेरै कलाकारले समर्थन जनाएका छन् ।
‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौँ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’
सत्यपाटी संवाददाता । काठमाडौं