सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

आज चार प्रदेशमा वर्षा, पश्चिम तराईमा अत्यधिक गर्मी

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति भने कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ । तसर्थ, अत्याधिक गर्मी, मेघ गर्जन र चट्याङ्ग तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ०६:३०