सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

दैलेखमा आज बिहीवार दिउँसाे ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आज बिहीवार तल्लो डुङ्गेश्वरबाट दुल्लु जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरकाे ट्र्याक्टर दुल्लु नगरपालिका–१ डाडापानीमा दुर्घटना हुँदा स्थानीय डिलमाया खड्काको ज्यान गएको हो ।

दुर्घटनामा तीन जना घाइते भएकामा डिलमायाकाे उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो ।

यस्तै घाइते दुई जना जानुकुमारी खड्का र भरत शर्माको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । चालक फरार रहेकाले खोजी भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १९:१३