सूचनाको शक्ति - The Power Of Information

        

पौडी खेल्ने क्रममा डुबेर नौ वर्षीय बालकको मृत्यु

कैलालीमा नौ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका नौ वर्षीय अमर विकको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।

बुधबार घर नजिकैको काँडा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार ०८:२०