सूचनाको शक्ति - The Power Of Information

        

आरोपितको पक्षमा बहस गर्ने अधिवक्ताहरूविरुद्ध नाराबाजी

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको पक्षमा प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरूविरुद्ध बुधबार नाराबाजी भएको छ ।

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रतिवादीको पक्षमा बहस गर्ने वकिलहरूविरुद्ध नाराबाजी गरेको हो ।

सो प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको बेला जिल्ला अदालत, काठमाडौं परिसरमा उनीहरूले नाराबाजी गरेका हुन् ।

सो प्रकरणमा एमालेका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँणसहित १८ जना पक्राउ परेका छन् ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार ०८:००