सूचनाको शक्ति - The Power Of Information

        

दीवाकरको `मायावी´ मा दीपिका र आशिर्वाद

निर्देशक दीवाकर भट्टराई नयाँ फिल्मको तयारीमा लागेका छन् ।

‘मायावी’ नाममा उनले फिल्म निर्माण गर्न लागेका हुन् ।  फिल्ममा दीपिका प्रसाईं  र आशिर्वाद क्षेत्रीको मुख्य भुमिका रहने छ ।

लभस्टोरी कथामा बन्न लागेको फिल्मको पटकथा निर्देशक भट्टराई स्वयंको हो ।आशिर्वादले फिल्म ‘नाईं नभन्नू ल ६’बाट डेब्यू गरेका थिए ।

आगामी असारपछि छायांकनमा जाने फिल्मको बजेट २ करोड अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १८:२७