सूचनाको शक्ति - The Power Of Information

        

बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा

बाढीले कल्भर्ट पुल बगाएपछि अवरुद्ध भएकाे बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा आएकाे छ । बाढीले गएराति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा कल्भर्ट भत्काएपछि अवरुद्ध भएकाे सडक आज दिउँसाेदेखि सञ्चालनमा आएकाे हाे ।

कालीगण्डकी करिडोर सडक आयोजनाले अस्थायी रुपमा खोलामा गाडी वारपार हुने गरी मर्मत गरेकाे अन्नपूर्ण–२ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ्गतातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो ।

तर, गएराति वर्षासँगै आएको बाढीले फेरि ह्युमपाइप र वरपरको सडक कटान गरेकाे छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १८:२१