सूचनाको शक्ति - The Power Of Information

        

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ वर्षासँगै परेको चट्याङले जगन्नाथ गाउँपालिका –१ डाँडाबाडाका ३१ वर्षीय युवक यमराज बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाउँबाट ६ घण्टाको दूरीमा भैँसी गोठालो गएका विष्टको रुखमा परेको चट्याङ लागेर मृत्यु भएको जगन्नाथ गाउँपालिका –१ का वडा अध्यक्ष गणेशराज गिरीले बताउनुभयो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १८:१०