कोहलपुर नगरपालिकाको कोभिड–१९ भ्याक्सिनको डिजिटाइजेशन तथा क्यु.आर.कोड प्रमाणीकरण सम्बन्धी तीन दिने तालिम बुधवार सकिएको छ ।
कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा आयोजित तालिममा परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचनाबारे अपडेट गराइ प्रतिवेदनलाई सहज बनाउने उद्देश्यसहित तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।
कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले कोहलपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधार र सेवा प्रबाहलाई सेवामैत्री बनाउने गरि काम गरिरहेको बताए । उनले स्वास्थ्य संस्थामा तथ्यांक संकलनलाई व्यवस्थित बनाउने सवालमा तालिम उपयोगी भएको बिश्वास व्यक्त गरे ।
यस्तै स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले तथ्यांकलाई भरपर्दो र विश्वसनिय बनाउन पनि तालिम उपयोगी भएको बताए । यसैगरी तालिममा सहभागी सिनियर अनमी निरीक्षक राधिका गैरेले तालिमपछि तथ्यांक संकलन, त्यसको व्यवस्थापनमा ठूलो सहजता मिलेको बताइन् ।
तालिमको स्वास्थ्य कार्यालय बाँकेका तथ्यांक अधिकृत बिकल्प चौधरी, मलेरिया इनेस्पेक्टर निरीक्षक दुर्गा गौतम लगायतले सहजीकरण गरेका थिए । तालिममा नगरक विभिन्न स्वास्थ्य संस्था आवद्ध प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
सत्यपाटी संवाददाता । बाँके