सूचनाको शक्ति - The Power Of Information

        

मुटुमा समस्या भएपछि राष्ट्रपति अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।

अस्पतालको अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ । यसअघि शनिबार पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो ।

राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल स्रोतले उल्लेख गरेको छ । पौडेललाई मंगलबार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने भएको छ ।

अहिले गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ । चिकित्सकहरुले मुटुको परीक्षणपछि बुधबार मात्रै उनलाई शीतल निवास फर्काउने बताएका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १७:११