आज शेयर बजार दिनभरिको उतारचढाव पछि कारोबार बन्द हुने बेलामा सामान्य बढेको छ ।
हिजो ४० अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज ७ दशमलव ७९ अङ्कले बढेर १ हजार ९८७ दशमलव ८७ बिन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । विकास बैंक र फाइनान्स समूहको शेयर दोहोरो अङ्कले घटेको छ । आज कारोबार रकम पनि हिजोको भन्दा घटेको छ ।
हिजो झण्डै साढे तीन अर्बको कारोबार भएकोमा आज दुई सय ८५ वटा कम्पनीका ७४ लाख ५४ हजार कित्ता शेयर दुई अर्ब ८८ करोड ६५ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै साेल्टी होटलको १५ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज अभियान लघुवित्त, कालीञ्चोक दर्शन र भूगोल इनर्जीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज प्रभु स्मार्ट फण्डको शेयर १० प्रतिशतले घटेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ