सूचनाको शक्ति - The Power Of Information

        

ब्लग

गज्जब अनि प्रशंसनीय मेयर बालेन !

पढ्नु भनेको परीक्षामा पास हुनु र उच्च ग्रेड ल्याउनुमात्र हैन, आर्फूसँग सीप छ भने जिन्दगीमा कहिले पनि पश्चाताप गर्नुपर्दैन ।

एकदमै गज्जब काम मेयर बालेन साहब ! यहाँ सबैभन्दा सुधार्नुपर्ने शिक्षा नै हो । हरेक स्कुलहरु पार्टीका कार्यालयजस्तै भएका छन् । यो बेथिति सुधार्न हजुरले सुरु गर्नुभएको छ । तपाईबाट देशभरीका जनप्रतिनिधिले सिकुन् । नीजि स्कुलहरुमा लुट र सरकारी स्कुलहरुमा लापरबाही अतिभन्दा अति छ ।

शिक्षामा भैरहेका यी बेथिति देशभरी नहटे पनि काठमाडौं महानगरपालिकामा हट्नेछ आशा गरेका छौं । हजुरलाई शुभकामना छ । यो शिक्षा १०–१५ वर्षअघि भएको भए आज युवाले खाडीमा रगत बगाउनुपर्दैन थियो होला । जे जस्तो भए नि आफ्नै देशमा स्वरोजगार भएर दुख सुख हर्ने अवसर मिल्थ्यो होला ।

आजसम्म देश बिकासको लागि चोर अनि भ्रष्ट नेता पठाएका रहेछौं भन्ने तथ्य आज बल्ल थाहा भयो । आज यो परिस्थिति हेर्दा बिगतलाई सम्झिँदा कुन चाहिँ नेपाली जनताको आँखामा आँशु आउँदैन । धिक्कार छ देशको ढुकुटी रित्याउने कथित विकासवादी नेताहरुलाई । शिक्षा सीपमूलक हुनुपर्छ, न कि सर्टिफिकेटको रूपमा कागजको खोस्टो ।

तपाईंले राम्रो सुरुवात गर्नुभएको छ । देशलाई समृद्ध, सबल, सक्षम र आफैंमा आत्मनिर्भर बनाउनु छ भन्ने सर्वप्रथम शिक्षामा सुधार हुन आबश्यक छ । तपाईंबाट सबै जनप्रतिनिधिले सिकुन् । पढ्नु भनेको परीक्षामा पास हुनु र उच्च ग्रेड ल्याउनुमात्र हैन, सीप छ भने जिन्दगीमा कहिले पश्चाताप गर्नुपर्दैन । यो अभियानको लागि मुरिमुरि धन्यवाद मेयर साप ।

यो हो नि त तरिका, अब महानगरभित्र रहेका तर ओझेलमा परेका साना तथा आधारभूत विद्यालयहरुमा पनि विद्यार्थीको लेबल अनुसार यस्तै किसिमका कार्यक्रमहरु सञ्चालनमा ल्याउने र यसरी नै बेला बेलामा अनुगमन गर्ने काम भयो भने महानगरभित्रका सम्पूर्ण विद्यालयहरु नेपालको मात्रै नभई विश्वकै नमुना स्कुलको रुपमा चिनिन सक्छन् ।

यस्ता कार्यक्रमहरु अरु स्थानीय तहहरुले पनि सञ्चालन गर्न सके देशको समग्र शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न सकिन्छ । शिक्षाले मात्रै त हाम्रो देश कहाँकहाँ पुग्न सफल भएको थियो । अब झन् शिक्षा सँगसँगै सीप, यो त झन् नयाँ र विद्यार्थीले आफ्नो रुचीको पहिचान सजिलै गरि भविष्यमा भौतारिन नपर्ने, विद्यार्थीको विद्यालय जाने रुची बढ्ने र देशको विकासमा नयाँ पुस्ताले शिक्षासँगै सीप अत्यन्तै आवश्यक पहल चालिराख्नु !

यो अभियानको लागि मुरिमुरि धन्यवाद मेयर बालेन साप । गज्जब ! प्रशंसनीय ! मेयर बालेन सर ! शिक्षालाई प्राथमिकता दिनुभएको छ । विद्यार्थीसँग बसेर सिक्नुहुन्छ । तर ठीक उल्टो हाम्रातिरका मेयरहरु आफैंलाई हरेक क्षेत्रका विज्ञ सर्वज्ञानी ठान्छन् । शिक्षालाई छाडेर आफूलाई बढी कमाइ हुने कामलाई प्राथमिकतामा राख्छन् ।

‘यानी हाउ पैसा कमाउ’को नीति अंगाल्छन् । एकदमै गज्जब काम मेयर बालेन साहब ! यहाँ सबैभन्दा सुधार्नुपर्ने शिक्षा नै हो । हजुरलाई शुभकामना छ । पहिला नेपालको शिक्षा प्रणाली देख्दा बच्चाबच्ची भएपछि अष्ट्रेलिया, अमेरिकातिर पढाउनुपर्छ भन्ने सोच आउँथ्यो । अहिले आइरहेको परिवर्तन देख्दा अब अष्ट्रेलिया, अमेरिकातिर भएका भाईबहिनीहरुलाई पनि नेपालतिरै आएर पढ्नुहोस् र पढाउनुहोस् भनेर अनुरोध गर्न चाहन्छु ।

‘जब युवा देश में पढेगा तो देश आसानिसे आगे बढेगा ।’ जय देश, जय बालेन, जय नेपाल ! राम्रो सुरुवात तपाईंबाट सबै जनप्रतिनिधिले सिकुन् । तर मेयर बालेन साप, हजुरको अनुगमनको दिन वर्षमा एकपटक मात्रै यस्ता कार्यक्रमहरु हुने अन्य दिनमा मतलबै नदिने चाहिँ नहोस् !! मेयर बालेन हार्दिक शुभकामना !! (लेखक सुदूरपश्चिम धनगढीका उद्यमी एवं न्यु ईरा एकाडमी बोर्डिङ्ग स्कुलका संस्थापक हुन् ।)

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार ०९:४६