सूचनाको शक्ति - The Power Of Information

        

नरिवलको पानी सेवन स्वास्थ्यका लागि निकै फाइदा

नरिवलको पानी सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । बजारका हरेक जुस तथा फलफूल पसलमा यो गर्मीमा धेरै मान्छेले नरिवल पानी खाएको देखिन्छ । नरिवलको पानीमा भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ ।

नरिवलले शरीरमा पानीको कमी हुन नदिई छालालाई स्वस्थ, मुलायम र चम्किलो राख्न मद्दत गर्ने भएकोले पनि नरिवल पानी खानुपर्ने चिकित्सक बताउँछन् । नरिवल पानीमा एन्टी अक्सिडेन्ट, एमिनो एसिड, इन्जाइम, बी कम्प्लेक्स, भिटामिन सी र अन्य तत्त्व पाइन्छ ।

त्यसैले यो बच्चा, गर्भवतीदेखि वृद्ध, वृद्धा सबै उमेरका मानिसलाई फाइदाजनक मानिन्छ । नरिवल पानीमा गुलियो स्वाद पाउनका साथै प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, एमिनो एसिड लगायतका विभिन्न पोषण तत्त्वहरू पाइन्छ ।

नरिवल पानीका फाइदा

  • नरिवलको पानी सेवनले शरीरमा रक्तसञ्चार राम्रो बनाउन मद्दत गर्छ ।
  • पाचन प्रणाली दुरुस्त वा स्वस्थ राख्न नरिवलको पानी खान सकिन्छ ।
  • नरिवलको पानीको सेवनले शरीरमा पानीको मात्रा कम हुन दिँदैन ।
  • नरिवलको पानी कम क्यालोरी भएको पेय पदार्थ हुनाले वजन घटाउन समेत मद्दत गर्छ ।
  • नरिवल पानीको दैनिक सेवनले मिर्गौलाको पत्थरी हुन दिँदैन ।
  • नरिवल पानीको सेवनले कपाललाई पोषण दिएर नरम र चम्किलो बनाउँछ ।
  • नरिवलको पानी कब्जियत, मुटुको समस्या र पाचन प्रणालीमा हुने समस्या निराकरणका लागि प्रयोग गर्न सकिने हुनाले यसको प्रयोगले गर्भवती महिलामा हुनसक्ने ती समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।
  • नरिवल पानीमा भएको भिटामिन सी, पोटासियम र म्याग्नेसियमले उच्च रक्तचाप नियन्त्रण राख्न मद्दत गर्छ ।
  • नरिवल पानीले हड्डीलाई मजबुत र स्वस्थ राख्न मद्दत गर्दछ ।
  • कोलेस्ट्रोल र फ्याट फ्री हुने भएकोले मुटुलाई स्वस्थ राख्नको लागि नरिवल पानी उपयोगी हुन्छ ।
  • नरिवल पानीको नियमित सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता बढ्नका साथै अन्य कयौँ प्रकारका रोग लाग्नबाट बच्न सकिन्छ ।
  • नरिवल पानीमा पाइने तत्त्वले माइग्रेनको दुखाई कम गर्न मद्दत गर्दछ ।
  • नरिवल पानी पिउने गर्दा छाला नरम, मुलायम र चम्किलो बनिरहन्छ ।
  • नरिवलको पानीको सेवनले सुगरको मात्रालाई समेत नियन्त्रण गर्न मद्दत गर्छ ।
  • नरिवलको पानीले शरीरमा शीतलता प्रदान गर्छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार ०८:०३