सूचनाको शक्ति - The Power Of Information

        

ढुंगाले हानेर एक जनाकाे हत्या

बुटवलमा एक पुरुषको ढुंगाले हानेर हत्या भएको छ।

बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ठेला व्यवसाय गर्दै आएका ३५ वर्षीय पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार ती व्यक्तिलाई लुटपाट गर्ने क्रममा उक्त समूहले ढुंगाले प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ११ वर्षीय किशोरसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरेको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार १७:५३