सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार ४० अङ्कले बढ्याे

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । आज आइतवार शेयर बजार परिसूचक नेप्से ४० दशमलव ४८ अङ्कले बढेर एक हजार नाै सय ८० दशमलव ०९ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा फाइनान्स, विकास बैंक, लगानी र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज कारोबार रकम पनि बढेर झन्डै साढे तीन अर्ब रुपैयाँ पुगेको छ । आज दुई सय ७५ वटा कम्पनीका ९५ लाख २८ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार उकालाे लागेकाे दिन भुगोल इनर्जी र सीटी होटलको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आदर्श लघुवित्तसहित छ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार १७:४८