सूचनाको शक्ति - The Power Of Information

        

अस्ट्रेलियाले जित्याे विश्व टेस्ट च्याम्पियनशिपकाे उपाधि, भारत फेरि उपविजेता

भारतलाई हराउँदै अस्ट्रेलियाले दाेस्राे संस्करणकाे विश्व टेस्ट च्याम्पियनशिपकाे उपाधि जितेकाे छ ।

बेलायतकाे ओभलमा भएकाे फाइनलमा भारतलाई २ सय ९ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जितेकाे हाे । फाइनल जित्न चार सय ४४ रनकाे विशाल लक्ष्य पछ्याएकाे भारत २ सय ३४ रनमा अलआउट भयाे ।

भारतका विराट काेहलीले ४९, अजिन्क्या रहाणेले ४६ र राेहित शर्माले ४३ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले ४, स्कट बाेल्यान्ड ३ र मिचेल स्टार्कले २ विकेट लिए ।

यसअघि अस्ट्रेलियाले दुई सय ७० रनमा आठ विकेट गुमाएको अवस्थामा दोस्रो पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा अस्ट्रेलियाले चार सय ६९ र भारतले दुई सय ९६ रन बनाएको थियो ।

याे हारसँगै भारत फेरि उपविजेता भएकाे छ । यसअघि सन् २०२१ मा भएको पहिलाे संस्करणकाे फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।

भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन । भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार १७:४४