त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भुमार्गमा आइतबार मध्याह्न गोली चलेको छ । लागुऔषध कारोबारीको टोलीलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले भने, ‘लागुऔषध कारोबार गर्ने टोलीलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि हातपात भएपछि गोली चलेको हो ।’ गोली लागेर एकजना घाइते भएका छन् ।
घाइतेको परिचय खुलेको छैन । लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबार गर्ने ५–६ जनाको टोलीलाई नियन्त्रण गर्न खोज्दा घटना भएको प्रहरी नायव महानिरीक्षक कडायतले जनाएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं