सरकारको आसमा बस्ने हुनाले नै आजको दिनसम्म धरानको विकास नभएको हो । विकासको नाममा राजनीतिको फोहोरी खेल खेल्ने बानि परिसकेका भ्रष्टाचारीहरुलाई धरानबासी मात्रै नभई सम्पूर्ण देशबासीहरुले बहिष्कार गर्नुपर्छ । आफ्नो ठाउँ आफै बनाउ भन्ने सिद्धान्तलाई आत्मसात गरि जसरी धरानमा श्रमदानको सुरुवात विश्वभरि सफल र उदाहरणीय रुपमा परिचित भएको छ ।
त्यसरी नै सबैले दल र पार्टीभन्दा माथि उठेर आफनो गाउँ ठाउँ आफै बनाई आत्मनिर्भर बन्नुपर्छ जस्तो लाग्छ । तपाईंलाई असफल भएको देख्ने चाहना प्रदेश सरकारको मात्र हैन, संघ र केही नयाँ नौलाको पनि छ । अडिक भएर अगाडि बढ्नुस्, बृहत मोर्चा बनाएर केन्द्रको पनि नेतृत्व लिने र धरानमा राम्रो उत्तराधिकारी खोजेर जिम्मा लगाउने सोच राख्नुपर्छ । सहयोग गर्ने हामी जस्ता धेरै नै पाउनुहुनेछ ।
करोडौं आमाहरुको यसैगरी सदैव आशिष मिलिरहोस् मेयर साहबलाई धरानमा भइरहेको विकासको गतिलाई मापन गर्नु हो भने नेपालको इतिहास कालीनदेखि लिएर अहिलेसम्मकै स्पीड रहेको छ । सबैको साथ मिलीरहोस नेता भनेको जनतालाई कुर्चीमा राखेर आफु भुइँमा नै बस्दा खुसी हुने हुनुपर्छ । संसारभरिका आमाहरुको आशिर्वाद पाउने कस्तो भाग्यमानी छोरा हर्क साम्पाङ ! अनि हर्क साम्पाङजस्तो छोरा जन्माउने कति भाग्यमानी आमा !
हर्क साम्पाङ्ग जस्तो नेता एक युगमा एकचोटि मात्रै जन्मन्छ, त्यो पनि दुर्लभ रूपमा ! हर्क साम्पाङ्ग एउटा अब पथ र दर्शन नै साबित भइसक्यो । नेपाली माटो सुहाउँदो नेपालीपन झल्कने सामाजिक सद्भाव कायम गर्दै दिगो विकासका कार्य गर्दै सामुदायीक र सामुहिकका अगुवा, एक कर्मठ र ईमान्दार, विश्वका हरेक नेता, अभिनेताका लागि उदारणीय बन्न सक्ने नेता आजसम्म कहिँकतै कोहि हो भने हर्क साम्पाङ जी हुनुहुन्छ ।
संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रावधान राखेर हर्क साम्पङ राई यो देशको प्रधानमन्त्री भएको हेर्ने कहिले पाइएला ? आहा साह्रै राम्रो लाग्यो भाग्यमानी धराने जनता नत्र अरु कुन ठाउँमा छ ? यस्तो मनोरञ्जन अनि जनताका लागि यत्रो विकास सलाम छ ।
म जस्तो भुइँमान्छेको विश्लेषणमा यदि साँच्चिकै नेपाल सुशासनयुक्त समृद्धि बनाउने हो भने सुदन किराती, हर्कराज साम्पाङ्ग, बालेन्द्र शाह, महावीर पुन, डा.सन्दुक रुइत, कुलमान घिसिङ बाहेक अरु सबै भुक्ने, रुने, कराउने पुराना पार्टीका नव अवतार हुन् । अन्यथा नमान्नुहोला वास्तविक तितो यथार्थ यहि हो । पार्टीहरुले अझै बुझेको छैन, हर्कलाई कहिलेकाहिँ लगेर फसाउने नियत छ । पार्टीको दिवास्वप्न नदेख्न अनुरोध गर्दछु ।
धेरै हर्कलाई लखेट्दै गर, तिमीहरु कता पुग्छौं, ८४ मा परिणाम आउनेछ । सोच र शौचको भिन्नता छुट्याउन नसक्ने आसन र भाषणमा लिप्त मानसिक दरिद्रता भएको व्यक्तिले देश बदल्ने कसम खाएर आफू बदलिन्छ । तर हर्क साम्पाङ्गजस्तो भुइँबाट उम्रेको सच्चा धर्तीपुत्रले जनताको सोचाइ र देशको स्वरुप नै परिवर्तन गर्न सक्छ ।
मौका चाहिँ दिनुपर्छ सिक्नुपर्ने व्यक्ती सदनमा र सिकाउनुपर्ने व्यक्ति सडकमा (स्थानीय सरकारमा) । त्यसैले होला जनताले विकासको अनुभूती गर्न नपाएका । अवश्य एकदिन जनताले उक्त कुराको उच्च मूल्याङ्कन गर्नेछन् । प्रदेश सरकारको काम छैन, देश चलाउने पैसा छैन । चारैतिर सरकार मात्र बनाएर हुन्छ र नाथे प्रदेश सरकार भाग भाग भाग भाग ।
धरान उपमहानगरपालिकाका मेयर कुसल युवा जनपक्षीय जननेता हर्क साम्पाङ्ग ज्यु जस्तो नेता देशको गहना हो । देशले खोजेको र जनताले रोजेको हो मेयर ज्यु हजुरको वैज्ञानिक राजनीतिक भिजनले सबैको चेतन खुल्लेछ । हजुरले देश जनतालाई दिनु भएको राजनीतिक कर्म र योगदान विश्व इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ हजुर अगाडी बढ्नुहोस्, देशैभरिको जनता हजुरको साथमा रहनेछन् ।
जय धरान । जय हर्क साम्पाङ्ग ।
(सुदूरपश्चिम धनगढीका उद्यमी एवं न्यु ईरा एकाडमी बोर्डिङ्ग स्कुलका संस्थापक हुन् ।)
सुरेन्द्र बोहरा । धनगढी