पाकिस्तानको खैबर पख्तुन्ख्वा र पञ्जाव प्रान्तमा भीषण वर्षाका कारण कम्तिमा २८ जनाको मृत्यु भएको छ भने डेढ सय बढी घाइत भएका छन् ।
हावा हुरीसहितको वर्षाले कैयौं घरहरु भत्किएका छन् भने सडक छेउका रुख पनि ढलेका छन् ।
असिना पानीले खैबर पख्तुन्ख्वामा २५ र पञ्जावमा कम्तिमा तीन जनाको मृत्यु भएको प्रान्तीय सरकारहरुले बताएका छन् ।
पास्तिान सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि सेना परिचालन गरेको छ ।
पाकिस्तानमा गत वर्ष अभूतपूर्व वर्षाका कारण झण्डै १८ सय मानिसको मृत्यु भएको थियो भने ३ करोड ३० लाख मानिस विस्थापित भएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौँ