जापानको टोकियोस्थित हानेदा विमानस्थलमा शनिबार दुईवटा यात्रीवाहक विमान ट्याक्सी वे नजिकै ठोक्किएका छन् । ठोक्किएका ती दुई विमान अहिले धावनमार्गमा पार्क गरिएका छन् ।
बिहान ११ः०० बजे (स्थानीय समय) बैंककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेदा विमानस्थलको धावनमार्गमा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।
जापानी सञ्चार संस्था एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ । विमानस्थलले दुर्घटनास्थलनजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू ढिला भएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं