सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

नीति तथा कार्यक्रममा रोजगारी र व्यावसायिक कृषि, उद्योग र सीपमूलक क्षेत्र सरकारको प्राथमिकतामा रहने छ ।

प्रदेश सरकारले पाँच वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकासलगायत काममा दुई लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको बुझिएको छ ।

यसैगरी, प्रदेश क्षेत्रमा रहेका खानी, वन तथा नदीलाई व्यवसायिक प्रयोग गर्ने नीति तय गर्ने जनाइएको छ । जसबाट सीमान्तकृत समुदायले आर्थिक लाभ लिन सक्नेछन् । 

यसअघिका सरकारले ल्याएका दीर्घकालीन महत्व र प्रभावकारी देखिएका योजनालाई पनि सरकारले निरन्तरता दिने छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ०८:४७