सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा खाद्यान्न अभाव

हुम्लामा खाद्यान्न अभाव भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न थप नगर्दा खाद्यान्न समस्या भएको हो ।

यसका साथै जिल्लाले माग गरेको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामा पनि लिमिटेडले ध्यान नदिँदा समस्या भएको हो ।

अहिले शाखाको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेको र यतिले बिक्री वितरण गर्न नसकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले जनाएको छ ।

जिल्लाको माग सुुनुुवाइ नगरेकाले खाद्यान्न समस्या भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो । जिल्ला खाद्य व्यवस्था समितिले २०७८ मंसिर १८ गते र फागुुन २६ गते थप कोटा खाद्यान्न माग गरेको थियो ।

बुधबार समितिको बैठकले पुनः तेस्रो पटक थप कोटाको खाद्यान्न माग गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १८:५०