सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिदै

बैजनाथ गाउँपालिकामा सञ्चालन गर्न लागिएको विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनका लागि अन्तरक्रिया गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको अध्यक्षतामा अन्तरक्रिया गरिएको हो ।

यही जेठ २६ गते बैजनाथ ८ स्थित टिटिहिरिया स्वास्थ्य चौकीमा विशेषज्ञ शिविर सञ्चालन गरिदैछ । उक्त दिन बिहान ८ बजे शिविर उद्घाटन गरिनेछ । शिविर सञ्चालनको पुर्व तयारी स्वरुप गाउँपालिका स्तरिय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

उक्त अन्तरक्रियामा उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाही, वडाअध्यक्षहरु, चिकित्सक, स्वास्थ्यकर्मी, रेडक्रसका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख शाहीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १८:४६