सूचनाको शक्ति - The Power Of Information

        

बझाङको सुर्मा गाउँपालिका–४ का वडाअध्यक्ष बोहराको निधन

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष सर्जन बोहराको निधन भएको छ । केही समयदेखि बिरामी उहाँको ३८ वर्षको उमेरमा मङ्गलवार राति निधन भएको हो ।

कलेजाेमा खराबी, सुगर, जन्डिसलगायत रोगबाट पीडित बोहरा नेपालगञ्जमा उपचार गरी घर फर्किनुभएको थियो ।

बोहरा २०७९ को पालिका चुनावमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । सुर्मा गाउँपालिकामा एमालेबाट निर्वाचित हुने बोहरा एक मात्रै वडाअध्यक्ष हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार ०८:४९