सूचनाको शक्ति - The Power Of Information

        

इरानको मल ओमानको बोरामा नेपालमा

इरानबाट खरिद गरेको युरिया मल नेपालको गोदामसम्म आइपुग्दा उत्पादक मुलुकको नाम नै परिवर्तन गरेको भेटिएको छ ।

नेपालका लागि इन्डियन पोटास लिमिटेड (आईपीएल) ले इरानबाट खरिद गरेको साढे २७ हजार मेट्रिक टन युरिया मल नेपाली गोदामसम्म आइपुग्दा मल उत्पादन मुलुकको इरान हटाएर ओमान राखिएको पाइएको हो ।

आतंकवादी क्रियाकलाप र सम्पत्ति शुद्धीकरण निवारण तथा आमविनाशकारी हतियारमा हुने वित्तीय लगानी रोकथाम गर्ने अन्तर्राष्ट्रिय संस्थाका रूपमा ‘एफएटीएफ’ले उत्तर कोरिया, म्यानमार र इरानलाई कालोसूचीमा राखेको छ । ती मुलुकका सामग्री नेपाल ल्याउनु वैधानिक मानिँदैन ।

मलको कारोबार गर्ने गिरोहसँगको मिलेमतो यसपालि इरानमा बनेको मलको बोरामा ओमानको नाम लेखेर ल्याइएको हो । यसरी मल ल्याउँदा राष्ट्र बैंकले भुक्तानी नरोकोस् भनेर त्यसो गरिएको खुलेको छ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार ०७:२६