सूचनाको शक्ति - The Power Of Information

        

५० वर्षदेखि दाहिने हात उचालिरहेका को हुन् यी बाबा ?

तपाईलाई आफ्नो बाल्यकालको दण्ड याद छ, हात उठाएर उभिएर शिक्षकले कसरी सजाय दिन्थ्ये । २–३ मिनेटपछि मात्रै राखे पनि हात फतक्क गलेर अवस्था बिग्रन सक्छ ।

तर हामी तपाईंलाई यहाँ भारतका एक जोगीका बारेमा बताउँछौं, जसले आफ्नो हात हावामा केही घण्टा वा केही दिनका लागि होइन, पुरै ५० बर्ष अर्थात् आधा शताब्दीदेखि वर्षदेखि उचालेर राखिरहेका छन् ।

तस्वीरमा देखिएका यी बाबाको नाम अमर भारती हो, जसले सन् १९७३ मा केही गर्ने निधो गरेका थिए, जसको बारेमा हामी र तपाईंले कल्पना पनि गर्न सक्दैनौँ । हो, अमर भारतीले १९७३ देखि उचालेको आफ्नो दाहिने हात आज पनि हावामा उचालेका छन् ।

तस्विर हेरेर तपाईले यो अनुमान लगाउन सक्नुहुन्छ कि यति वर्षसम्म हावामा उठाएको हातको के भयो ? यसरी लामो समयसम्म एकोहोरो हात उठाउनु पर्दा केही वर्षमै उनको हात सुक्यो र छालाले ढाकेको हड्डी मात्र बाँकी भयो ।

अमर भारतीको यो निर्णयलाई उनको भगवानप्रतिको भक्ति र विश्वव्यापी सद्भाव प्रवर्द्धन गर्ने उनको मिशनको प्रतीकका रूपमा हेरिएको छ । कसैले चाहेर पनि गर्न नसक्ने काम अमर भारतीले यो कार्य गरिरहेका छन् । यो सबै देख्नेहरूले उनको शक्ति, भक्ति र जोशको प्रशंसा गर्नबाट आफूलाई रोक्न सक्दैनन् ।

भारती एक प्रसिद्ध भिक्षु हुन्, जसले कुम्भ मेला र महत्त्वपूर्ण धार्मिक कार्यक्रमहरूमा भाग लिने गर्छन् । आफ्नो जीवनकालको कुरा गर्दा १९७० भन्दा पहिले अमर मध्यम वर्गीय परिवारका व्यक्ति थिए, जसले सामान्य जीवन बिताउँथे । सर्वसाधारणजस्तै उनीहरू पनि जागिर गर्थे ।

घरमा श्रीमती र छोराछोरी थिए, तर एक दिन बिहान उठेर उनले आफ्नो सम्पूर्ण जीवन भगवान शिवको सेवामा समर्पित गर्ने निर्णय गरे र कहिल्यै पछाडि फर्केर हेरेनन् । हालै भाइरल भइरहेको उनको तस्वीर देखेपछि इन्टरनेट प्रयोगकर्ताहरूले बाबाको भक्तिको प्रशंसा गरिरहेका छन् ।

कतिपयले अझै विश्वास गर्न नसकेको जनाइरहेका छन् भने कसैले बाबा कसरी सुत्छन त ? भनेर सोधिरहेका छन । जे सुकै होस्, उनी बिगत ५० वर्षदेखि आफ्ना हात उचालेर भगवान शिवमा लिन भइरहेका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार ०६:२६