सूचनाको शक्ति - The Power Of Information

        

सन्धिखर्क-गोरुसिंगे सडक दैनिक चार घण्टा बन्द हुने

अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।

सडक मर्मत हुने भएकाले जेठ २८ गतेदेखि असार ६ गतेसम्म शनिबारबाहेक सडक चार घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जसअनुसमर सन्धिखर्क नगरपालिकाको फुदबाङ र शितगंगा नगरपालिकाको भुवनपाटाको बीचको सडकखण्ड बिहान ७ देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सडक अवरुद्व हुने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १७:५३