सूचनाको शक्ति - The Power Of Information

        

चुम्बन कि सेक्स ?

अमेरिकाको एउटा विश्वविद्यालयमा गरिएको एक सर्वेक्षणमा पुरुषहरूले सेक्स गर्दा र महिलाहरूले किस गरेको बेला आफ्नो सम्बन्ध अझै राम्रो भएको ठान्ने गर्दछन् ।

विश्वविद्यालयका एक हजार ४१ जना विद्यार्थीहरू माझ गरिएको सर्वेक्षणमा केटाहरूले केटीहरूले भन्दा बढी किस नै नगरिकन सेक्स सम्बन्ध राख्ने गरेको पाइएको थियो ।

यस्तै अनुसन्धानको क्रममा किस गर्दा सम्बन्धमा अझै रोमान्टिक थपिने अनुभव गरेको पनि पाइएको थियो । चुम्बन गर्दा दुवैको तर्फबाट केही रासायनिक तत्वहरू पनि आदान–प्रदान हुने हुनाले यस्तो भएको हुन सक्दछ ।

महिलाहरूको तुलनामा पुरुषहरूले बढी खुला मुख र जिब्रोमा चुम्बन गर्न मन पराउँछन् र यस्तो तरिकाले चुम्बन गर्दा एकअर्कामा रासायनिक पदार्थहरु आदानप्रदान धेरै हुने गर्दछ अनुसन्धानकर्तामध्ये एकको भनाई छ ।

धेरैले आफ्नो सम्बन्धको एउटा भागको रुपमा चुम्वनलाई लिने गरेको अनुसन्धानको क्रममा पाइएको थियो । एउटा खराव चुम्बनले तपाईंको सम्बन्धलाई बिगार्न सक्न कुरा रिपोर्टमा उल्लेख गरिएको छ । तर महिलाहरूले भने यौन सम्पर्क गरिसकेपछि मात्र चुम्बनको बारेमा सोच्ने गरेको बताएका थिए ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ११:०९