सूचनाको शक्ति - The Power Of Information

        

सेक्स माउन्टेन : जहाँ आशीर्वाद पाउन परपुरुषसँग सम्बन्ध राखिन्छ

इन्डोनेशियाको जावामा सोलो नामको एक गाउँ रहेको छ । यहाँ एक पहाड छ जसको नाम केमुकस पर्वत हो । यो ‘सेक्स माउन्टेन’को नामले बदनाम छ । यहाँ विवाहित महिला अज्ञात पुरुषहरुसँग संसर्ग गर्छन् ।

अचम्मको कुरा त यो छ कि सो बिषयमा कसैलाई समस्या छैन । केमुकस पर्वतमा पोर्न फेस्टिवल मनिने गर्छ । सो क्रममा पेङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलानको सम्झनामा फूल चढाइन्छ र कुण्डमा नुहाउने गरिन्छ । त्यसपछि चिनजान नभएका महिला र पुरुष शारीरिक सम्बन्ध बनाउँछन् ।

यदि महिलाले यसो गरे उसको घरमा खुशयाली छाउने मान्यता रहेको छ । जुन पुरुषसँग महिला सम्बन्ध बनाउछे उसले हरेर ३५ दिनमा सो कुण्डमा आएर सोहि पुरुषसँग सम्बम्ध राख्नुपर्नेछ ।

महिला र पुरुषबीच एक बर्षभित्र सात पटक सम्बन्ध राख्नुपर्नेछ । १६ औँ शताब्दीमा उक्त स्थानमा पैङ्गेरन समोद्रो नामका राजा थिए । एक रात उनी अफ्नो कान्छी आमा नायी ओङ्त्रोवुलानसँग शारीरिक सम्बन्ध राखि रहेका थिए । सोहि अवस्थामा दुबैको कसैले षड्यन्त्रपूर्वक हत्या गरायो ।

पैङ्गेरन र नायी जुन काम मृत्युभन्दा पहिले पुरा गर्न पाएनन् त्यसलाई पुरा गर्नेलाई समोद्रो र नायी ओङ्त्रोवुलानको आशीर्वाद मिल्नेछ र उसको घरमा खुशीयाली छाउनेछ भन्ने मान्यता रहेको छ । भनिन्छ कि पैङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलानबीच आामा–छोराको सम्बन्ध थियो । शारीरिक सम्बन्ध राखेर दुबैले पाप गरे ।

त्यसैले विवाहित महिला कुनै अपरिचित पुरुषसँग सम्बन्ध राख्छे भने त्यो पनि पाप हुनेछ । यसो गर्नाले पैङ्गेरन र नायीले सो महिलालाई आशीर्वाद दिनेछिन् । केमुकस पर्वतमा अब सो रिवाजलाई व्यवसायीक रुपमा विकास गरिँदैछ । सो स्थानमा केयौं होटल पनि बनेका छन् भने जोडी आउनेको संख्या बढ्दो छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ११:०४