सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० जेठ २४ गते बुधवारको राशिफल

२०८० जेठ २४ गते बुधवार, ७ जुन २०२३ । आषाढ कृष्णपक्ष चतुर्थी तिथि । उत्तराषाढा नक्षत्र । चन्द्रराशि– धनु, ७ः४९ बजेपछि मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । दिगो काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ । काममा धन र श्रम खर्चनुपर्ला । उपलब्धिका केही स्रोत भने पहिल्याउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्नेछ । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुनेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । मान–सम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो हुने देखिन्छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेत गर्दा लक्ष्य प्राप्ति हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले अनावश्यक दुःख दिनेछन् । तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ । केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन् । मान्यजनको साथ जुट्नाले काम बन्नेछ । साझेदारीबाट लाभ उठाउन सकिनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । परिस्थितिले केही खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । टाढिएका साथीभाइ फेरि पनि नजिकिन सक्छन् । लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । हल्लाको पछि लाग्दा लाभांश अरूले हत्याउन सक्छन् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ । तर मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । मिहिनेतले आम्दानी बढाउनेछ र दिन उत्साहवर्द्धक रहनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखापर्न सक्छ । तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन् । शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ । विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ०५:५४