सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरसको सङ्क्रमण दर शून्यमा झर्यो

कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजाे सार्वजनिक गरेको तथ्याङ्कमा सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।

अहिलेसम्म सक्रिय सङ्क्रमित १७ जना रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी देश भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो ।

गएकाे चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १ दशमलव १६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गएकाे वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ०९:०५