सूचनाको शक्ति - The Power Of Information

        

डिएसपीको बढुवा हुँदै, ४४ पदमा १४४ प्रतिस्पर्धी

नेपाल प्रहरीमा रिक्त रहेका ४४ डिएसपी पदमा आज बढुवा सिफारिस हुने भएको छ । बढुवाका लागि गृह मन्त्रालयमा बैठक बसिरहेको हो ।

४४ पदमा २०७० सालमा भर्ना भएका १४४ इन्सपेक्टरबीच प्रतिस्पर्धा छ । बढुवामा टकरावका कारण लम्बिदै आएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार इन्टरपोलको कार्यक्रममा सहभागी हुन सिंगापुर जाने भएकाले आजै बढुवाको निर्णय हुन लागेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ०८:२४