सूचनाको शक्ति - The Power Of Information

        

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज थुनछेक बहसको दोस्रो दिन।

काठमाडौं जिल्ला अदालतमा आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए।

पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतलाई अदालतमा उपस्थित गराएर सरकारी वकिलले थुनछेक बहस गरेका थिए।

थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा आदेश हुनेछ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ०७:४३