सूचनाको शक्ति - The Power Of Information

        

करिम बेन्जेमाले रियल मड्रिड छाड्ने

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले क्लब छाड्ने भएका छन् । बेन्जेमाले सिजनकाे अन्त्यमा क्लब छाड्ने रियल मड्रिडले पुष्टि गरेकाे गाेल डटकमले जनाएकाे छ । सिजनकाे अन्त्यमा उनकाे क्लबसँगकाे सम्झाैता पनि सकिनेछ ।

बेन्जेमालाई साउदी अरेबियाबाट प्रस्ताव आएकाे दाबी गरिएकाे छ । यस हप्ताकाे सुरुमा बेन्जिमाले अल इतिहाद जाने याेजना बनाएका बताइएकाे थियाे । उनलाई अल इतिहादबाट दुई वर्षका लागि ४३९ मिलियन डलरकाे प्रस्ताव आएकाे बताइएकाे थियाे ।

बेन्जेमाकाे बिदाइ समाराेहमा मङ्गलवार विशेष कार्यक्रम राखिएकाे क्लबले जनाएकाे छ । त्यस कार्यक्रममा क्लबका अध्यक्ष फ्लाेरेन्टिनाे पेरेज पनि उपस्थित हुने बताइएकाे छ ।

बेन्जेमाले सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएका थियाे । उनी रियलबाट सर्वाधिक गाेल गर्ने खेलाडीकाे दाेस्राे नम्बरमा छन् । उनले तीन सय ५३ गाेल गरेका छन् । रियलबाट सर्वाधिक गाेलकर्ता क्रिन्टियानाे राेनाल्डाेले चार सय ५० गाेल गरेका छन् ।

बेन्जेमाले ला लिगा चार पटक, च्याम्पियन्स पाँच पटक र सन् २०२२ मा बालेन जिओर जितेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतवार १७:४६