सूचनाको शक्ति - The Power Of Information

        

नेपाल सुन चाँदी व्यवसायी महास

सुनको भाउ आज १७ सयले घट्यो, कतिमा हुँदैछ खरिद–बिक्री?

आज चाँदीको पनि भाउ घट्यो

सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ ।

लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । अस्ति तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको सुनको भाउ आज १ लाख ११ हजार ६ रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति ताेलाको १ लाख १३ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ अघिल्लो दिन बिहीवार १ लाख १२ हजार ५ सय रुपैयाँ थियो । बुधवार तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतवार ११:२६