सूचनाको शक्ति - The Power Of Information

        

अभिनेता एवं निर्देशक नितिन गोपीको निधन

दक्षिण भारतीय अभिनेता एवं निर्देशक नितिन गोपीको निधन भएको छ ।

शुक्रबार हृदयघातका कारण नितिनको निधन भएको हो । ३९ वर्षका नितिन बेंगलुरुको इट्टामाडुमा रहेको आफ्नो घरमा असहज र छाती दुखेको अनुभव गरेपछि अस्पताल लगिएको थियो ।

नितिनले उपचारमा प्रतिक्रिया नदिएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । युवा प्रतिभा नितिनको निधनले चलचित्रकर्मीहरुलाई स्तब्ध बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नितिनले बाल कलाकारको रूपमा आफ्नो फिल्मी करियर सुरु गरे गरेका थिए । उनले हेलो डैडी, मुत्तिनन्था हेन्डाथी, चिरा बान्धव्य, निशम्बदा, केरला केसरी जस्ता हिट फिल्महरूमा अभिनय गरेर लोकप्रियता हासिल गरेका थिए । निर्देशकको रूपमा, नितिनले लोकप्रिय सिरियलहरू हरा हरा महादेव र पुनर्विवाह निर्देशन गरेका थिए ।

पछिल्लो समय नितिन आफ्नो अर्को बिग बजेटको सिरियलको निर्देशनमा काम गरिरहेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतवार ११:२०