समाजले, संस्कारले नै उपेक्षाको दुर्गन्धित तलाउबाट उम्रिएकी सुवासित कमलपुष्प, गुलाबकली । पौराणिक दमयन्ती राजाले सुरु गरेको युगकली नभएर सुवासित गुलावकलीबाट शब्दिक विन्यास– कली । पत्रकारिता र साहित्यका प्रखर, सिद्धहस्त प्रिय मित्र रेशम विरहीका यसअघि ‘आधारभूत पत्रकारिता, सात वटा कविता संग्रह, दुई वटा निबन्ध संग्रहपछि आख्यान विधामा प्रवेश गर्दै औपन्यासिक प्रवेश गर्नुभएका विरहीको नेपालगन्जको सेरोफेराबाट प्रदीप्त भएर केही बर्दिया र अन्यान्य हुँदै प्राय राजनीतिक रङ्ग दिएर उदाएको प्रेमदासको डायरीपछि हाल अझै प्रखर र मर्मस्पर्शी भएर बजारमा उदाएको उपन्यास हो, ‘कली’ ।
धार नछुटाएर पिइरहौं लाग्ने सुन्तलाको जुसजस्तै, सलल बगेको अत्यन्त स्वादिलो बौद्धिक खुराक ‘कली’ । सामाजिक, साँस्कारिक, राजनीतिक, व्यस्थितिहरुको विकृतिपूर्ण छाल अर्थात् जोखिम पश्चगमनलाई सम्याउदै अग्रगमनको आभाष दिँदै दौडेको, दार्शनिक, खुराकहरुले परिपुष्ट भएको, कली उपन्यास । पिछडा भनेर समाज र संस्कारले कटाक्ष गरेको जातकी, रक्स्याहा बाबु आमाकी छोरी र दाईकी बहिनी एउटी महिला पात्र, नायिक । नगरपालिकाको झाडु काम गरेको जागिरबाट तिनै परिवार पाल्दै शैक्षिक मार्गमा हिडेकी, कली । शिक्षा र सामाजिक रुपको स्वाध्यायनद्वारा महाज्ञानी, कली ।
चैतन्यशील र साहसी बनाएर उभ्याइएकी कली । यस्तै स्वाध्यायनबाट महाज्ञानीका रुपमा उभ्याइएका प्रतिभाशाली, प्रगतिशील पात्र हुन, विदुर र गोपाल । तर भाग्य वा दुर्भाग्य । गोपाललाई भने समयले फोहोरी विवशताले घिच्चाएर दुष्ट, हत्यारा कविर साहुको कुकृत्यको आँखा चिम्लिदै धनी बनायो । विवेक, अठोट र साहस भएमा स्वाध्यायनबाट पनि धेरै शैक्षिक ज्ञान हासिल गर्न सकिन्छ भन्ने बिम्बात्मक कथा, कली । बेला बेलामा लेखक, समाजसेवी, ाजनीतिज्ञ र धनाढ्यको रुपमा प्रकट भएर विलय हुने यायावरी नारानदत्तको कथा,उसैको नाटक मञ्चनमा उभ्याइएकी,संगीतज्ञ र नृत्याङ्गना दिव्याको कथा ।
छोरा नपाई छोरी जन्माएको कारण जीवन र गर्भ गुम्नबाट बचेकी आमाकी छोरी दिव्या । त्यस्तै छोरा नपाउने कुलक्षणीको कलङ्कको आक्षेप पाएर भीरबाट खसालेर हत्या गर्ने सजाय पाएर भागेकी व्राह्मणी सौताद्वय वारुणी र दमयन्ती । सघन जङ्गलको बाटो हुँदै दयावान कुसुमाखर ब्राह्मण परिवारबाट प्रेमपूर्वक पाएको आश्रय । दमयन्तीको मनोहरसंग विहा । दमयन्तीले भेट्नको लागि कर गरी बोलाउँदा मन नलागी नलागी जाँदा बलात्कृत बारुणीबाट जन्मेकी रत्नाकली । दमयन्ती पुत्री कुसुमाको षडयन्त्रबाट रत्नाकलीले मुम्बै कोठीमा लामै समय भोग्न परेको नारकीय जीवन ।
कलीले २० बर्ष नगरपालिका सेवाबाट अवकास लिएपछि दाजु, भाउजु, भदा, भदैनीसहित सार्वजनिक पाटीमा जीवन गुजारेकी । बृद्धा रत्नाकलीलाई घरमा ल्याई आमा मानेर कलीले गरेको सहयोग । रत्नाकलीको अवसान पश्चात स्मृति पटलमा रहेका वाह्य आत्मीयजनहरु, कथित राजनीतिक आन्दोलनले वेपत्ता पारेका शिक्षक विदुर शर्मा, सहयोगी सुरेन्द्र प्र्रताप, अन्तर परिवारका माया गर्ने भदैनी इन्द्रा र ज्वाई सूर्य थिए ।
कलीको पुख्र्यौली गुजे्र्रको, सामन्ती राघवसम्शेरले अधिनस्थ बनाएको विजयपुर मौजाको छाप्रो । अज्ञानतामै झुक्याएर विहा गरिदिएको लोग्ने अत्यधिक रक्सी सेवनबाट मृत्यु भएपछि पुरुषको छातिको तातो थाहा नपाएर उत्तराद्र्धको खुट्किलो टेकेकी गुलावकलीलाई जीवनको अर्को अध्यायको अध्ययन गर्न मन लाग्यो । यात्रा क्रममा भेटिएका भौगालिक, ऐतिहासिक र सामाजिक दृश्यहरु :–
सुरेन्द्रसँग भेट, उसको ससुरालीमा । सुरेन्द्रले कलीलाई विदुषी दिदीको परिचय गरायो । ससम्वाद भेट अगाडि बढ्यो, सुनसहित स्वास्नी पोइल गई…कोही मान्छे मर्यो, कसैलाई, कसैले मार्यो आदि । जगतमा घटेका घटनाबारे सुरेन्द्रको ससुरा वेनीमाधवको दार्शनिक तर्क :–
‘संसारमा कुनै कुरा व्यवस्थित छ भने त्यो समय,जन्म र मृत्यु हो । समयले नै प्रकृति र ब्रहाण्ड सञ्चालन गरेको हुन्छ । जीवनलाई जिजीविषाको डोरीमा झुण्याएर मृत्युलाई अज्ञान नराख्ने हो भने संसारको गति नै अवरुद्ध हुन्छ ।’ यस्तै मर्मस्पशी दर्शन तथा जीवन र जगतका बहुथरि रुप कुरुप अनुहारहरु र प्रेम, वैराग्यको संग्रह हो, कली गाथा ।
विदुर शर्मा र गोपालको प्रेरणा र नारानदत्तका कितावको थुप्रोमा डुबेर अध्ययन गरेकी कलीलाई जीवन र जगतको अध्ययन गर्न रमण गरेकी कली अन्तमा नारानदत्तको असली चेहरा पढेर छर्लङ्ग हुँदै अगाडि बढेकी कलीले जयभद्रको चित्रको विचित्र कथाको टुप्पो समाउन पुगी । हरिगंगाको किनारतिरबाट घुम्दै दारी पालेको गोरो अग्लो जोगीको भेषमा आएको फिरन्ते जयभद्र कालान्तरमा छिटै अथाह वैभवशाली र देवपुरको अधिपति शासक बन्यो । वरिपरिका सबै गाउँमा उसको चर्चा चुलिन थाल्यो ।
त्रिशूली तरेर कालीनदी मिसिएको दोभानमा पुग्यो । सन्ध्याकाल हुन लागेको थियो । बैदाम बोटेलाई भेट्यो । बोटेले भिक्षा दिन खोज्यो । उसले ‘म जोगी हैन । स्वर्गबाट देवताको खटनबाट आएको देवऋषि हुँ ।’ मलाई पहिले आश्रय चाहिन्छ, त्यसपछि आश्रम चाहिन्छ, म बसेको ठाउमा भगवानले हीरा मोती आदि सबथोक पठाइदिनु हुन्छ…’ आदि गफबाट वैदाम बोटे प्रभावित भएर त्यो आश्रय दियो,ससम्मान । भोलीपल्ट आश्रम बनाइदियो । गोरो अग्लो जयभद्र र उसको अभिव्यक्तिदेखि सबै आकर्षित भएर आठदिनभित्रै गहिरो प्रभाव पार्न सफल भयो । त्यसपछि वंशवृद्धि गर्न कन्या चाहियो भन्दै बैदाम बोटे पुत्री सुन्दरी माधुरीमा आँखा गाढ्यो, विवाह ।
अर्को दिन घुम्न भनेर देवपुर फाँटतिर गयो । त्यहाँ धातुकर्मी वलवीरलाई त्यस्तै प्रभाव पारेर उसकी छोरी दीपमतिलाई विहा गरेर ल्यायो । आफू हिमालयन खण्डको विकास गर्न भगवानबाट खटन भै आएको, देवऋषि भएको भनेर अथाह वैभव र प्रदेशकै आदिपत्य हासिल गरेको उसलाई माधुरी र दीममतिबाट सन्तान नभएको भनेर चरम हेला गर्दै तेश्री स्वास्नी सुमित्रालाई भित्राएपछि उसको आयु क्षीण हुँदै आएको थियो ।
जयभद्रले सुमित्रालाई भित्राएपछि माधुरी र दीपमतिलाई बाँझी स्त्री भनेर आक्रासको झट्का दिएर दरबारबाट निकाली छुट्टै कटेरो बनाउन लाएर कष्टपूर्वक राख्न लगाएको थियो । तर माधुरी गर्भिणी भएको खबर दीपमतिले दिएपछि उसको दिमागमा अलिकति हलचल मच्चियो । कटेरोतिर जान क्षोभ र लाजले कदम बढेको थिएन । तर उनीहरु माधुरी,दीपमति भने उही रात भागेर नदी तरी अज्ञात स्थलतिर गइसकेका थिए ।
समय वित्दै गयो,सुमित्राको हर्कत पहिलेकी पत्नीहरु भन्दा भिन्न देखिन थाल्यो । अनि जयभद्रलाई पश्चातापले दिनानुदिन गलाउन थाल्यो । सन्तान,वैभव र सुखको जिन्दगी ठूलो कि प्रेम,सदाचार र सन्तुष्टिको जिन्दगी ठूलो ? भन्ने कुरा मनन हुन थाल्यो । माधुरी र दीपमति निष्ठावान पतिव्रता थिए, सुमित्रा स्वेच्छाचारी थिई,खजाञ्चीसंग निकटता बढाएकी ।
अन्ततः एकदिन, सुमित्राले गुप्त रुपमा दिएको बिषाक्त खानाबाट जयभद्र चिर निद्रामा पर्यो, सदाका लागि । जयभद्रले आर्जन गरेको आधिपत्य ढल्यो कुलटा,चरित्रहीन स्वास्नीबाट । अब उसको वैभव र साम्राज्य सुमित्रा र रणध्वजकोे आधिपत्यमा गयो । माधुरी, दीपमतिले चित्रसारीका थारु जमिनदारको मौजामा आश्रय पाए । दीपमतिले त्यही अर्कोसंग विहा गरी । माधुरीले छोरा हुर्काएर गुरुकुलमा भर्ना गरेकी थिई । जयभद्रको निधनको खबर पाएर निश्चिन्त माधुरीले विवाहित पतिको नाममा चुरा पोते त्यागी श्वेत वस्त्र धारण गरेर हिडेपछि समाजले ‘बोक्सी’ भनेर लखेटे ।
दुःखले खिएको शरीर चाँडै खिएर बुढो भएको शरीर बिसाउन तिशूली तरेर देउपुरतिर गई । आफ्नो गाउँ पनि शून्य थियो । आफ्नो भत्केको घरभित्र पसी । त्यहाँ पनि लखेट्न आएकोले भाग्दा भाग्दै ओडारमा गएर लुकेर बस्न थाली । छोरो जन्मेजय रिडीबाट आमा खोज्दै मित्रसारी पुग्यो, निराश भई फर्किएर गुरु अगन्धरलाई जानकारी गरायो । उनले भने देउपुर गएकी हुन सक्छिन् । त्यो प्रदेशको पति तिम्रो पिता हुन् । त्यो आधिपत्य तिमीले सम्हाल्नु पर्छ । आमालाई खोज्न जान तयार होउ ।’ अर्को दिन हरिगंगाको किनार हुँदै अगि बढे । त्यो भ्रमणमा त्रिवेणी स्नान सकेर चरु दिने क्रममा गुणाखर पुत्री सुन्दरी युवती कुण्डलासंग जन्मेजयको भेट भयो । दुबैको आकर्षणता बढ्दै गयो ।
माधुरीकै खोजी क्रमको भ्रमण :–
बटौलेको पूर्वोत्तर भागमा रहेको विशाल भवनको भग्नावशेषको वर्णन गर्दै गुरु अगन्धर–पान्थागार सान्थागार, शिला नाट्य मण्डप, ऋषिको आश्रम, उसको देहावसानपछिको अवस्था, गाउँलेहरुको बयान–लामा लामा जगल्टा भएकी आइमाइ आउँछे, ढुङ्गा मुढा गर्छौ, लखेट्छौँ.. आदि । अगन्धरको प्रष्टोक्ति–भुतेनी सुतेनी कोही हैन, तपाईहरुभित्रको भ्रम हो । ती वास्तविक महिला हुन सक्छिन् । नबुझेर उनको बोलीलाई भूतको आवाज ठानेको मात्र हो ।
भग्नावशेषको पूर्वोत्तर दिशाबाट खोकेको आवाज आएपछि अरुले डराएर फर्किन खोजे तर अगन्धरले निडरहुदै आफ्नो पछि आउन भने, जन्मेजजयले मात्र उनको पिछा छोडेन । जाँदाजाँदा भुतेनी भनेर समाजबाट लखेटिदै आफ्नै जन्मभू हरिगङ्गा किनारमा देह त्याग गर्न खोजेर भाग्दै हिँडेका बृद्धा माधुरी अन्ततः एउटा अनकण्टार गुफामा जीवनको अन्त्य भएको, त्यो मरणासन्न शरीरलाई जन्मेजयले बोकेर बाहिर निकालेर ‘आम्मै’भन्यो । बृद्धाको जीवन समाप्त भयो ।
रुँदै अगन्धरको अभिव्यक्तिः ‘यो एउटी महिलाको लास हो । तपाईहरुमा भएको भ्रमको परिणाम पनि हो । लास मात्र होइन, यो भूमिको इतिहास पनि हो । यौनिकता र पुत्रेच्छाको स्वार्थमा महिलालाई उपयोग गर्नु संस्कृतिको दुरुपरिणाम हो । यी आमा जो आफ्नो जन्म र कर्मथलो त्यागेर हिढ्न विवश भइन् । आज यही माटो, हरिगङ्गाको किनारमा आएर देहत्याग गर्न चाहन्थिन,त्यो पनि तपाईहरुले दिनुभएन । चुडैल र भुतेनीद भनेर लखेट्नु भयो’ भन्दै यो शव मेरा शिष्य जन्मेजयको आमाको हो । भनेर खुलासा गरे अगन्धरले ।
त्यसपछि उनले जयभद्रको सबै कथा विस्तारमा भने । जसअनुसार, जयभद्र पुत्र जन्मेजय । जन्मेजय पनाति कर्णदेव गुरु । जो इतिहास, साहित्य, पुरातत्व, संस्कृति, कला र साहित्यका भण्डार भएको र उनले आफ्ना बंश इतिहासलाई चित्रमा उतारेको भनेर जन्मेजयका गुरु अगन्धरले कुण्डला र जन्मेजयको विवाह तत्कालै गराइदिए ।
त्यसमा अंंकित हरिगङ्गा र त्रिशूली मिसिएर बनेको सप्तगण्डकी तथा आसपासको दृश्य अहिलेको देवघाटसंग तादात्म्यता मिल्नेछ । चित्रसारी, वागेश्वरी र देवघाट यी तीनै भूभागको वीचमा एउटा सांस्कृतिक सम्बन्ध भएको कुरा कलीले आफनो गाथामा उल्लेख गरेकी छन् । अन्तमा मेरो जीवन जहाँबाट शुरु भयो, त्यहीँ समाप्त हुनेछ, भन्दै कथाका पात्रहरु यो देशको असली नागरिक र समग्र सामाजिक सांस्कृतिक कुरुपताका परिचायक हुन् भनेर आफ्नो गाथा समापन गरी ।
अन्तमा, आदित्य (ल्यापटप समेत) र वाणीश्रीले आफूहरु कर्णदेव गुरुको आश्रममा पनि गएको र विचार र संघर्षका सगरमाथा जत्रा गाथालाई मुद्रण वैकुण्ठपुरबाट लोक समक्ष पुर्याउने वचन दिएर विदा भए भने चन्द्रिकाले फुपुलाई हात समातेर उठाई । यसरी पाँच खण्ड, पच्चीस भागमा बगेको रेशमजीको कली उपन्यास कथा सागर हो । मीठा ओजिला शब्दहरुले बगेको शक्तिशाली उपन्यास हो भन्ने मलाई लागेको छ ।
गणेश जिसी । साहित्यकार